सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

बुद्ध बचत तथा ऋण सहकारीको साधारणसभा

बुद्ध बचत तथा ऋण सहकारीको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८३, आइतबार

पोखरा/बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार नगेन्द्रप्रसाद पोखरेलले सहकारीको वर्तमान अवस्था, सदस्यको भूमिका तथा संस्थाको आगामी यात्राका विषयमा प्रकाश पारे ।

सभामा सचिव प्रजन कुमार थापाले सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रुद्रनाथ पोखरेलको लेखा सुपिवेक्षण समितिको प्रतिवेदन तथा कोषाध्यक्ष नवराज ढुंगानाको कोषाध्यक्षको प्रतिवेदन छलफल गरी पारित भएका छन् ।

कार्यक्रममा संस्थाले सेयर सदस्यका बुवा आमामध्ये ज्येष्ठताका आधारमा सम्मान गरेको छ । कक्षा १२, स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक उपलब्धि हाँसिल गर्ने सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान तथा गएको वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष वासुदेव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति संयोजक लक्ष्मी कार्की भण्डारी, सम्मानितको तर्फबाट अस्मिता पराजुली, सेयर सदस्यको तर्फबाट दुर्गाप्रसाद पौडेल, संस्थाका निवर्तमान अध्यक्ष ध्रुवप्रसाद रेग्मी, उपाध्यक्ष दीपकुमार मुल्मी, सचिव प्रजनकुमार थापा र सहसचिव रामकुमार श्रेष्ठले बोलेका थिए ।

थाका व्यवस्थापक नारायण तिवारीले संस्थाको सेयर पुँजी ४ करोड ६४ लाख, जगेडा तथा अन्य कोषमा ५ करोड ३२ लाख, निक्षेप ३५ करोड ३७ लाख तथा कर्जा लगानी ३५ करोड ७६ लाख रहेको जानकारी दिए । संस्थाले गत वर्षको नाफाबाट ६.४प्रतिशत नगद लाभांश तथा १८ लाख २६ हजार संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्तावसाधारणसभाबाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->