बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

हँसिया प्रहारबाट एक गम्भिर घाइते

हँसिया प्रहारबाट एक गम्भिर घाइते


  • ढाेरपाटन संवाददाता
  • असोज ६ २०८३, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईको हँसिया प्रहारबाट सोही ठाउँका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते भएका हुन् ।

घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । हँसिया प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->