बागलुङ/रसुवाको भोटेकोशीमा आएको भीषणबाट प्रभावितका लागि नेपाल पुर्व प्रहरी संगठन बागलुङले सहयोग गरेको छ । संगठनका पुर्व सुरक्षाकर्मी र परिवारजनले बाढी प्रभावितको उद्वार, राहत र पुनस्र्थापनाका लागि ६७ हजार ६० रुपैयाँ सहयोग गरेका हुन् ।
बाढी प्रभावितको पीडामा साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम जम्मा गरिएको नेपाल पुर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टिकाबहादुर कार्कीले जानकारी दिए । संगठनले बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दै घाइतेहरको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।




