बागलुङ/बागलुङ हस्तकला संघको आयोजनामा ५ दिने बुकी बनाउने सीप विकास तालिम शुरु भएको छ । बागलुङ बजारका युवा महिलाका लागि यो तालिम आयोजना गरिएको संघका संस्थापक संरक्षक प्रेम छोटाले बताए ।
बुधबार एक कार्यक्रमका बीच छोटाले तालिमको समेत उद्घाटन गरे । संघले बजारमा पहिलो पटक फर्जी वायरबाट बुकी लगायतका सजावटका सामाग्री बनाउने तालिम सञ्चालन गरेको हो । तालिम उद्घाटन गर्दै स्वरोजगार युवा महिलाको लागि संघले यस्तै खाले कार्यक्रमहरु निरन्तर ल्याउने बताएका छन् ।
तालिममा युवा उद्यमी सृष्टी श्रेष्ठले प्रशिक्षण गर्नेछिन् । यो तालिमका लागि आवस्यक सामाग्री समेत संघले संकलन गरेको हो । तालिमपछि युवा महिलाहरुले आत्मनिर्भर बनेर अगाडि बढ्न सक्ने बनाउन लागिएको अध्यक्ष ज्योती श्रेष्ठले बताइन् ।
कार्यक्रम ज्योती श्रेष्ठको अध्यक्षता, सविना राजभण्डारीको सञ्चालन र व्यवसायी सम्झना श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । तालिम १२ गतेसम्म सञ्चालन हुनेछ ।




