बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्विरोध

कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्विरोध


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८३, बिहिबार

बागलुङ/नेपाली कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्वाचित भएका छन् ।

सभापतीका अर्का उम्मेदवारद्वय आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पौडेल सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

नगर उपसभापती खुल्लामा हायश्यवर सुवेदी, महिला उपाध्यक्षमा सिर्जना अधिकारी पौडेल निर्वाचित भएका छन् । अर्जुन सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि बोहोरा सर्वसम्मत निर्वाचत भएको मतदान अधिकृत गिता लामिछानेले जानकारी दिइन् ।

समितिको सह–सचिवमा दिपेन्द्र गौतम, सदस्यहरुमा कृष्ण गिरी, सुमित्रा शर्मा, सिता बोहोरा, डा. कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरत कुमार सापकोटा, रुपा किसान, शोभाखर सापकोटो, गणेश केसी सिता देवी शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैशी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टी परियार पनि सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->