पोखरा / कास्की प्रहरीले खैरो हिरोइ (ब्राउन सुगर) सहित २ जनालाई पक्राउ गरेको छ । बिहिबार राती साढे सात बजेको समयमा पोखरा ८ न्युरोडबाट ९.३२ ग्राम लागु औषध बरामद भएको हो ।
न्युरोडमा लागू औषध ओसार पसार गरिरहेका तनहुँ व्यास नगरपालिका घर भइ पोखरा न्युरोड बस्ने २६ वर्षिय राजु न्यौपाने र पोखरा १८ सराङकोटका ३१ वर्षिय नारायण थापालाई प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेको साथबाट ५.१७ ग्राम ब्राउनसुगरसहित एक थान मोबाइल बरामद भएको छ । यस्तै थापाको साथबाट ४.१५ ग्राम ब्राउन सुगर र २ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए । उनीहरु विरुद्ध ८ दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाएको डिएसपी पासवानले जानकारी दिए ।




