बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

अश्लील व्यवहार गर्ने दुई भारतीय नागरिक पक्राउ

अश्लील व्यवहार गर्ने दुई भारतीय नागरिक पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

बागलुङ/बागलुङ बजारमा औषधि किन्ने बहानामा महिलामाथि अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यम नारायण कँडेलका अनुसार, बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल पसलमा औषधि किन्ने बहानामा पुगेका दुई भारतीय नागरिकले अश्लील तथा अभद्र व्यवहार देखाएपछि नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको अमरोहा जिल्ला यहियापुर पोस्ट मखदुमपुरका २१ वर्षिय राजिब र उत्तर प्रदेश मीरपुर, मीरगञ्ज रामपुरका २५ वर्षिय सोनु रहेका छन् ।

पक्राउ परेकाहरूले विभिन्न किसिमका अश्लील तथा अभद्र व्यवहार गरेको उजुरीपछि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको कँडेलले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->