मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निसीको बेङ्ग्रीमा पहिरो, पशुचौपायामा क्षति

निसीको बेङ्ग्रीमा पहिरो, पशुचौपायामा क्षति


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा खसेको पहिरोले पशुचौपायामा क्षति पुगेको छ । निसीखोला–२ उपल्लो बेङ्ग्रीमा पहिरोले गोठ पुरिँदा १२ पशुचौपायामा क्षति पुगेको हो । पहिरोले ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु पुरिएका हुन् ।

स्थानीय लेखनाथ विकको गोठमाथिबाट पहिरो खस्दा गोठ रहेको पशुचौपायामा क्षति पुगेको निसीखोला–२ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

पहिरोमा पशुचौपाया पुरिएपछि स्थानीयबासी र प्रहरीको संयुक्त टोली उद्वारमा जुटिरहेको विश्वकर्माले बताए । पहिरोले गोठ क्षतिग्रस्त भएको र पुरिएका पशुचौपायाको विवरण नआइसकेको नसकेको प्रहरी निरीक्षक याम नारायण कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->