बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा

पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

काठमाडौं/पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्की नेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् ।

वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह नजिक पुगेको छ । बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीका मङ्गलघाटमा नदीले जलसहत सतर्कता तह पार गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->