बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार
The dead man's body. Focus on hand

खर्वाङ / बागलुङको बडिगाडमा मामाघर आएका एक पुरुषको भीरबाट लडेर ज्यान गएको छ । गुल्मी मुसिकोटबाट बडिगाड–२, सिमलचौर मामाघर आएका ३१ वर्षीय ज्ञानबहादुर कुमालको भीरबाट लडेर ज्यान गएको हो ।

इलाका प्रहरी चौकी हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले कुमाल सामुदायिक वनमा घास काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने बताए । शुक्रबार बिहान सामुदायिक वनको गोरेटोबाट करिब चार सय मिटर तल उनी मृत फेला परेको हुन् ।

शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लैजाने तयारी गरिएको छ । ज्ञानबहादुर धेरै दिनसम्म सम्र्पकमा नआएपछि परिवारले प्रहरीलाई खोजीका लागि अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->