बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

एगामा गीताको नेतृत्व

एगामा गीताको नेतृत्व


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

पोखरा / इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित भएकी छन् । संस्थाको १२ औं अधिवेशन तथा २३ औं साधारण सभाबाट एगाले पहिलो महिला अध्यक्ष पाएको हो ।

संस्थाको उपाध्यक्षमा माया सुवेदी, सचिव सुरेन्द्र पौडेल, सहसचिव रामकृष्ण तिमल्सिना तथा कोषाध्यक्षमा सुशील ढकाल छन् । सदस्यमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगतनाराणयण श्रेष्ठ छन् । सञ्चार सल्लाहकारमा माधव पनेरु छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले इम्ब्रोइडरीका माध्यमबाट विश्वमा नेपाललाई चिनाउने एगासँग सहकार्य गर्न नेपाल पर्यटन बोर्ड सदैव तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका वरिष्ठ उपाध्यक्ष सूर्य भुजेलले पोखरामा अन्तर्राष्ट्रिय विमान आउन सुरु भएकाले अब आर्थिक रूपमा गतिविधि सञ्चालनका लागि अधिक रूपमा निजी क्षेत्र सक्रिय हुनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजलेले कुनै चिज आफैमा पूर्ण नहुने भएकाले दोषारोपण भन्दा सहकार्य गरी समस्याको समाधान गर्न सकिने उल्लेख गरे । पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले पोखरा विमानस्थलबाट दुबई उडान सुरु हुनुमा निजी क्षेत्रको पहलले ठूलो भूमिका निर्वाह गरेको जनाइन् ।

संस्थाका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा एगा पोखराका पूर्वअध्यक्ष ईन्द्र भण्डारी, सचिव माया सुवेदी, संस्थाका सल्लाहकार पुष्कलबहादुर थापा, होटेल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन प्राध्यापक दीपेन्द्र पहारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->