बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

नेपाल हवाई खेलकुद संस्था (ना) मा माधवको नेतृत्व

नेपाल हवाई खेलकुद संस्था (ना) मा माधवको नेतृत्व


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

पोखरा / नेपाल हवाई खेलकुद संस्था (ना)को २३ औं साधारण सभा तथा ११ औं अधिवेशनले माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।

तिवारी १ सय ३६ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी सानुबाबु सुनुवारले १ सय २३ र खेमराज आचार्यले १४ मत पाएका छन् । प्रथम उपाध्यक्षमा विजय गौतम १ सय ६६ मतसहित निर्वाचित हुँदा नारायण पराजुलीले १ सय ६ मत पाएका छन् ।

महासचिवमा रोशन गौतम १ सय ९२ मतसहित निर्वाचित हुँदा कमला नेपालीले ७८ मत पाएका छन् । सचिवमा शर्मिला शर्मा १ सय ६० मतसहित विजयी हुँदा भुवन गाहाको भागमा १ सय १६ मत परेको छ । कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १ सय ३१ मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी सुरेशकुमार श्रेष्ठले ८४ र रेशमबहादुर थापाले ५१ मत पाए ।

प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध हुँदा सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने वाचा गरे । सन् २००० बाट व्यवसायिक रुप लिएको पोखराको प्याराग्लाइडिङ क्षेत्रमा अहिले ५७ कम्पनी छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->