शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कमलपोखरी सहकारीको साधारणसभा

कमलपोखरी सहकारीको साधारणसभा


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८३, आइतबार

पोखरा / कास्कीको पोखरा–१३, बाँझापाटनमा अवस्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार रामबहादुर कार्कीले यो स्थानीय स्तरमा स्थानीयकै अग्रसरतामा सञ्चालित सहकारी भएकालेसेयर सदस्यहरूलाई ढुक्क भएर आर्थिक कारोबार गर्न आग्रह गरे । संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रबहादुर कुँवर, शिक्षा उपसमिति सदस्य शान्तिदेवी केसी पौडेल, सल्लाहकार परिषद्का सदस्य माधवप्रसाद बास्तोला, संस्थाका सचिव कृष्णबहादुर क्षेत्री (कुमार)ले बोलेका थिए ।

सभामा उत्कृष्ट कारोबारी सम्मानबाट रामबहादुर कार्की र वसन्तकुमारी रानाभाटलाई सम्मान गरियो । सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->