शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

सिएफमोटोको थ्रिएस आउटलेट

सिएफमोटोको थ्रिएस आउटलेट


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८३, आइतबार

पोखरा / प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पाट्र्ससहितको ३ एस (सेल्स, सर्भिस एन्ड स्पेयर पाट्र्स) आउटलेट सञ्चालनमा ल्याएको छ ।
ऋषि ट्रेड सेन्टर (आरसिसी)को आधिकारिक वितरणमा रहेको सिएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो । बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टर पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले सुरुआत गरिन् ।

सो अवसरमा कम्पनीले ८ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको छ । आरटिसीका महाप्रबन्धक उज्ज्वल जोशीले उद्घाटनको अवसरमा सिएफमोटोका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजारसम्म नगद छुटका साथै निःशुल्क हेल्मेट र ह्यान्डगार्ड उपलब्ध गराइएको बताए ।

‘अहिले ग्राहकलाई विशेष अफर दिएका छौं,’ उनले भने, ‘२५० ड्युअलमा पाँच वर्षको इन्जिन वारेन्टी र फाइनान्सबाट मोटरसाइकल खरिद गर्दा न्यूनतम ४० प्रतिशत भुक्तानीमा बाइक लिन सकिने व्यवस्था गरेका छौं ।’ नयाँ आउटलेटबाट सीएफमोटोका मोटरसाइकल बिक्रीसँगै नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पाट्र्स, टेस्ट राइड तथा बिक्रीपछिको सेवा उपलब्ध हुने छ ।

पोखरा हुँदै हिमाली तथा उच्च पहाडी क्षेत्रमा मोटरसाइकल यात्रा गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग सहज बनाउने उद्देश्यले ३ एस आउटलेट सञ्चालनमा ल्याइएको हो । सेल्स हेड विभव कार्कीले पोखरा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलका लागि विस्तार हुँदै गएको बजार भएको जनाए । कार्कीले भने, ‘त्यसैले यहाँ बिक्रीसँगै सर्भिस र जेन्युइन स्पेयर पाट्र्सको सुविधा दिनु आवश्यक देखेर ३एस आउटलेट सञ्चालनमा ल्याएका हौं ।’

सिएफमोटोका नेपालमा २५० ड्युअल ईएफआई, ४५० एमटी, ४५० सिएल–सी, ४५० सीएल–सी बोबर र ४५० एसआर–एसलगायत मोडल बिक्री हुँदै आएका छन् । कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गरिरहेको जनाएको छ ।

हिमालय अटो नेक्सस प्रालिका सञ्चालक महेश श्रेष्ठले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई बिक्रीसँगै सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको बताए । कम्पनीले आगामी दिनमा देशका प्रमुख सहरमा बिक्री, सर्भिस र स्पेयर पाट्र्सको नेटवर्क विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->