बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मनाङमा हिमपहिरोमा परि १० सम्पर्क विहिन

मनाङमा हिमपहिरोमा परि १० सम्पर्क विहिन


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८३, आइतबार

पोखरा / मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना सम्पर्क विहिन भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ तर पूर्ण पुष्टि हुन बाँकी छ। उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ । एउटा हेलिकप्टरले उद्धारकर्ताहरूलाई घटनास्थलमा छाडेर फर्किएको छ भने अर्को हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको छ ।’

बेपत्ता भएका टोली अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमाल आरोहण तथा भ्रमणका लागि त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->