बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरा चौतारीको सहयोग

पोखरा चौतारीको सहयोग


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

पोखरा / लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका ७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेसनरी सामग्री र छात्रवृत्ति प्रदान गरेको छ ।

पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न स्टेसनरी सामग्री हस्तान्तरणसहित आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा जेहेन्दार चार जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको हो ।

डिस्ट्रिक्ट ३२५ बिका गभर्नर प्रजापति बास्तोलाले लायन्स क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पु¥याउने उद्देश्यले गरिएको सहयोगले बालबालिकालाई अध्ययनप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

क्लब अध्यक्ष गोविन्द ढकालले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक तेजबहादुर भट्टराईले विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध हुनुका साथै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाले कार्यक्रमबाट विद्यार्थी र अभिभावक उत्साहित भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->