शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

सिगाना तित्याङ समाजमा प्रकाश

सिगाना तित्याङ समाजमा प्रकाश


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

पोखरा / बागलुङको सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीलाई संगठित गर्दै सिगाना तित्याङ समाज जापान गठन गरिएको छ । टोकियोमा शनिबार भएको समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रमोद (लालसिंह) खड्का, उपाध्यक्ष भूपेन्द्र केसी, कृष्णा खड्का र महेश जिसी, सचिव सुशील क्षेत्री, सहसचिव राजु खड्का, कोषाध्यक्ष सन्तोष खड्का तथा सह–कोषाध्यक्षमा कृष्ण खड्का छन्।

युवा संयोजकमा मोहन जिसी र सांस्कृतिक संयोजकमा विनोद खड्का चयन हुँदा सदस्यहरू देवेन्द्र खड्का, जित क्षेत्री, राजिन खड्का, पुष्कर खड्का, सुजन खड्का, इश्वर खड्का, खिमबहादुर खड्का र योगेश खड्का छन् ।
समाज गठनसँगै जापानमा रहेका सिगाना–तित्याङवासीबीच संस्थागत रूपमा सहकार्य गर्ने नयाँ आधार तयार भएको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->