शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

फेवामा जेन स्कि बोट

फेवामा जेन स्कि बोट


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

पोखरा / फेवातालमा आइतबारबाट ‘जेट स्कि बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यु टावर सञ्चालन गरेको फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारी पोखराको पर्यटकीय केन्द्र फेवातालमा बोट ल्याएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूजा गरी बोट सुरुआत गरे । तीन सिट क्षमताको यो बोट जापानमा बनेको हो । यो एक घन्टामा १ सय ५ किमी दौडिन सक्छ ।
बोटको लागत करिब ४० लाख रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले बताए ।

कार्यक्रममा मेयर आचार्यले जेट स्की बोटमार्फत् खोज तथा उद्धार कार्य छिटो र प्रभावकारी हुने अपेक्षा सुनाए । जल यात्रालाई व्यवस्थित गर्न पोखरा महानगरपालिले बनाएको ऐन सोमबार राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउने उनको भनाइ छ । सुरक्षालाई प्राथमिकता दिएर ऐनले फेवातालमा हुने जलसम्बन्धी गतिविधिालाई नियमन र व्यवस्थित गर्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलले सञ्चालन गरेको फेवा वाच एन्ड रेस्क्यु टावरमार्फत् अहिलेसम्म १ हजार ५ सय ८८ जनाको फेवतालबाट जीवितै उद्धार गरिएको छ । यो अवधिमा ५३ जनाको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->