शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

गण्डकीको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण

गण्डकीको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण


  • Dhorpatan News
  • असोज १३ २०८३, मंगलबार

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण आउने भएकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसं्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव कर्णलाई सचिवमा बढुवा गरी गण्डकीमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

गण्डकीमा अहिले भूपाल बराल प्रमुख सचिव छन् । बराल गएको जेठ २२ गते गण्डकी प्रमुख सचिव नियुक्त भई गण्डकी आएका थिए ।

मंगलबारको बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका डा जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने स्वीकृति प्रदान गरेको जनाए ।

कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउँदै बैठकले विभिन्न तीन वटा महत्वपूर्ण विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, पशु वधशाला र मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->