बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

निसीखोलाका बाढीपहिरो पीडितलाई राहत वितरण

निसीखोलाका बाढीपहिरो पीडितलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८३, बुधबार

बागलुङ/निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग गरेको छ । निसीखोलामा आएको बाढी र पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीले जानकारी दिए ।

निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ । २१ घर जोखिममा परेका छन् ।

गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार र जोखिममा रहेका परिवारलाई १० हजारका दरले राहत उपलब्ध गराइएको छ । पाँच जना मृतकको परिवार, घरमा क्षति भएका ३२ परिवार र घरमा आंशिक क्षति भएका २१ परिवारलाई सहयोग प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->