शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

दसैं महोत्सवलाई सघाउने वाचा

दसैं महोत्सवलाई सघाउने वाचा


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८३, बुधबार

पोखरा/नेपालीको महान पर्व दसैंलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधिले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्ने विचार राखे ।

महोत्सव कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले बताइन् । महोत्सवमार्फत् पर्यटकलाई टीका तथा जमरा लगाइदिने, चंगा चेट प्रतियोगिता, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खाना र कला संस्कृतिको प्रदर्शन, परम्परागत सामग्रीका स्टल,स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक गतिविधिलाई समेटिनेछ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजलले यस्ता महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोड्ने राम्रो अवसर दिने बताए । ‘दसैं हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो, यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ,’ उनले भने ।

ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले यो महोत्सव एउटा कार्यक्रममात्रै नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको विचार राखिन् । संस्थाका अध्यक्ष ममता न्यौपानले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकीय उत्पादनका रूपमा अगाडि बढाउने उद्देश्यसहित नयाँ थालनी गरेको सुनाइन् ।

‘हामीले पर्यटकलाई पोखरा घुमाउनेमात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,’ उनले भनिन् । न्यौपानेले यही माध्यमबाट नेपाली मौलिकता अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सकिने भन्दै सबैको साथको अपेक्षा गरेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->