आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

तमानखोला पहिरोमा बेपत्ताको शव फेला

तमानखोला पहिरोमा बेपत्ताको शव फेला


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

बागलुङ/पहिरोले घर बगाउँदा बेपत्ता तमानखोला गाउँपालिका–४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव फेला परेको छ । खोजीकार्यमा खटिएका स्थानीय र प्रहरीको टोलीले बुधबार विकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिए ।

पहिरोमा बेपत्ताको शव फेला परेपछि बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोले निसीखोला गाउँपालिकामा पाँच, तमानखोलामा पाँच र ताराखोलामा तीन जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->