शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

बागलुङका रेष्टुराँ तथा क्याफे व्यवसायी संगठित

बागलुङका रेष्टुराँ तथा क्याफे व्यवसायी संगठित


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८३, शनिबार

बागलुङ/बागलुङमा रेष्टुराँ तथा क्याफे सञ्चालन गरिरहेका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले रेष्टुराँ तथा क्याफे व्यवसायी संगठन बागलुङको तदर्थ समिति गठन गरेका छन् ।

समितिको अध्यक्षमा शेखर खड्का चयन भएका छन् । खड्का बेम्बो क्याफे एण्ड किचनका सञ्चालक हुन् । ११ सदस्यीय समितिको उपाध्यक्षमा शौरभ श्रेष्ठ, सचिवमा सुमन जिसी र कोषाध्यक्षमा लक्ष्मण थापा छन् । रेष्टुराँ तथा क्याफे व्यवसायीलाई संगठित गर्ने संगठनको लक्ष्य छ ।

आगामी मंसिर मसान्तभित्र संगठनको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पहिलो अधिवेशन गर्ने संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->