आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

लेखनाथ सहकारीको ३५ करोड कर्जा प्रवाह

लेखनाथ सहकारीको ३५ करोड कर्जा प्रवाह


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८३, आइतबार

पोखरा/लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले ३५ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ । पोखरा महानगरपालिका वडा नं २६ अर्घौचोकस्थित सहकारीले गत आर्थीक वर्ष २०८२/८३ मा३५ करोड ३५ लाख ५२ हजार दुई सय ९२ रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको हो ।

सस्थाको शनिबार सम्पन्न १८ औं बाषर््िाक साधारण सभामा प्रगति विवरण सुनाउँदै सो कुरा उल्लेख गरिएको हो । सदस्यहरुबाट प्राप्त निक्षेप ३७ करोड ४२ लाख ८५ हजार आठ सय २८ र शेयर पुँजी सात करोड २६ लाख ५५ हजार चार सयबाट ३५ करोड भन्दा बढि रकम लगानी गरेको बताइएको छ ।

यसै गरि सस्थामा आवद्ध एक हजार आठ सय १७ सेयर सदस्यहरुको कारोबारबाट आव २०८२/८३ मा आन्तरिक राजश्व कार्यालय कास्कीमा ६४ लाख १५ हजार एक सय ५० रुपैयाँ राजस्व बुझाएको उल्लेख गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दैै संस्थापक अध्यक्ष नारायण प्रसाद वस्ताकोटीले वि.स २०६५ सालमा एक सय ३१ जना सेयर सदस्यबाट स्थापना भएको संस्थाले पछिल्लो समयमा उल्लेख्य रुपमा प्रगति गर्दै आएको बताए । आगामी दिनमा संस्थालाई अझ बढि बलियो र प्रभावकारी बनाउन सरल तरिकाले ऋण प्रवाह गरि शेयर सदस्यलाई उद्यमशील बनाउनु आवश्यक रहेको सुनाए ।

यस्तै संस्थाका अध्यक्ष लेखनाथ सापकोटाले सहकारीका क्षेत्रमा देखिएका समस्या समधान गर्दै संस्थागत हितका लागि आफु र आफ्नो टिम लागी परेको र आगामी दिनमा गर्नुपर्ने कार्य योजनाका बारेमा जानकारी गराएका थिए ।

कोषाध्यक्ष सुधिरमणि लामिछानेले आर्थिक अवस्था र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए ।

पूर्व अध्यक्ष गणेशभक्त अधिकधारी, निवर्तमान अध्यक्ष हरि बहादुर जि.सी, सल्लाहकार किरणराज पौडेल, सचिव शिवप्रसाद भण्डारी र लेखा संयोजक रामचन्द्र दाहाल लगाएतले अबका दिनमा सहकारीले खर्च कटाएर संस्थालाई चलाएमान बनाउन सक्ने कार्ययोजना ल्याउनु पर्ने सुझाब राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राम बहादुर गुरुङले स्वागत र सचिव शिव प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए । सोही अवसरमा संस्था स्थापनामा योगदान पु¥याउने देखी असल ऋणि,उत्कृष्ट बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->