पोखरा/ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बैकुण्ठराज तिमसेना सञ्चालक नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आइतबार बसेको २ सय ५७ औं बैठकको निर्णयअनुसार उनी सञ्चालक समितिमा नियुक्तभएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर तिमसेनासँग बैंकिरू क्षेत्रमा दुई दशकभन्दा बढीको कार्य अनुभव छ ।
नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरिबहादुर बुढाथोकी लगायतले स्वागत गरेका छन् । तिमसेनाले सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै सेयरधनीहरूको हित संरक्षण र बैंकको संस्थागत सुशासनलाई मजबुत बनाउनमा आफू प्रतिबद्ध रहेको जनाए ।





