शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा माझठानामा स्कुल बस दुर्घटना, उद्धार जारी

पोखरा माझठानामा स्कुल बस दुर्घटना, उद्धार जारी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८३, शुक्रबार

पोखरा / पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिका स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी विरेन्द्र पासवानले स्कुल बस दुर्घटना भएको र अहिले यात्रुको उद्धार भइरहेको जानकारी दिए।

‘विद्यार्थी बोकेको बस दुर्घटना भएको छ, हामी उद्धारमा खटिएका छौं,’ उनले भने, ‘८-९ जना विद्यार्थी उद्धार गरेर उपचार गर्न पश्चिम क्षेत्रीय अस्पताल पठाएका छौं।’ बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ। थप विवरण आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->