शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८३, शनिबार

काठमाडौं / पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३.८ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

यस्तै, दार्चुलाको धरमपानीमा ६४.३, शंखुवासभाको चैनपुर पूर्वको केन्द्रमा ६२.८, सर्लाहीको नवलपुरमा ६१.२ र मानुसमारा केन्द्रमा ५३.४, काठमाडौंको कलंकीमा ५१.२, सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा ५०.४/५०.४ मिलिमिटर वर्षा भएको छ ।

यसबाहेकका धेरै जिल्लाहरुमा १० देखि ५० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो मध्यम वर्षा हो । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।

आज पनि देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->