आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

सारङ्गीले सुनाउँदै छ भोटेकोशीको व्यथा

सारङ्गीले सुनाउँदै छ भोटेकोशीको व्यथा

गन्धर्वले गाउँदै आएकागीत, उनीहरुका नृत्य, बाजाहरूसहित गन्धर्व संस्कृतिबारे एकै मञ्चमा विमर्श


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

२०८३ साल भदौ १० को दिनमा
खुसी लग्यो सबको हरे एकै छिनमा
सम्मरबहादुर गायकले यस्ता टुक्काहरु मिलाएर भोटेकोशीको कर्खा तयार पारेका छन् ।महाभूकम्पका प्रलय, परदेशीका दुःख, दन्त्यकथाका उतारचढावदेखि गाउँवेंशीका कथा, व्यथा सुनाउने गन्धर्वहरू अचेल निकै कम भइसके । पुरानाहरू बितेर गए; नयाँले अर्कै इलम अङ्गाले । गाउँघरमा कहिले रुवाउने, कहिले हसाउने गीत सुनाउने गन्धर्व हत्तपत्त देखिन छाडेका छन् ।

त्यसैले साढे ३ बिसका सम्मरबहादुरलाई नयाँ कर्खा सिर्जने र गाउने जिम्मेवारी आएको छ ।सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बाढीले पु¥याएको धनजनको क्षति देखेका उनी आज पोखरामा भोटेकोशी बाढीका कारुणिक पक्ष पोखरेलीलाई सुनाउँदै छन् । पोखरा प्रज्ञा प्रतिष्ठानले उनलाई यो कर्खा बनाउने जिम्मा दिएको हो । भोटेकोशीबाट १ हजार ४ सय ५७ जनाको ज्यान गुमेको छ, ४ हजार ७ सय २० जना बेपत्ता छन् ।

उनी भन्छन्, ‘यो कर्खा रेकर्ड गर्ने भनेको छु ।’झलकमान गन्धर्वको जन्मस्थान पोखरामा आइतबार दिउँसो १ बजे एउटै मञ्चमा ८३ गन्धर्वले विभिन्न प्रस्तुति राख्ने छन् ।गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ हुन लागेको हो ।

गन्धर्व गुन्जनमा पोखरा तथा आसपासका गन्धर्व कलाकारले प्रस्तुति राख्ने छन् । प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाकलाकारको एकल, युगल तथा सामूहिक प्रस्तुति हेर्न पाइने बताउँछिन् । साथमा अतिथि कलाकारका प्रस्तुतिले रौनक थप्नेछ ।कार्यक्रमको आरम्भमा ‘कथा सारंगीको’ शीर्षकमा गन्धर्व जातिको कला, संस्कृतिबारे अन्तक्र्रिया हुनेछ । अन्तक्र्रियापछि १५ वटा विविध खालका सांगीतिक प्रस्तुति रहने छन् ।

गन्धर्व जातिको कर्खा, मागल, निर्गुण, रत्यौलीसमेत कार्यक्रममा प्रस्तुत हुने छन् । पोखराको बाटुलेचौर, हेमजा, लेखनाथ–बडहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति, मौलिक तरबार नृत्य, तल्लो गगनगौडाका गन्धर्व कलाकारका मौलिक झ्याउरे तथा पुराना प्रस्तुतिसमेत दर्शकले हेर्न पाउने छन् ।

प्रतिष्ठानका सदस्य दिलीप गायक गन्धर्व समुदायका मौलिक कला, सङ्गीत र प्रतिभा एकै मञ्चमा देखाउने तयारी भएको उल्लेख गर्छन् । ‘पुराना पुस्तासँगै नयाँ पुस्ता एकै मञ्चमा देख्न पाइनेछ,’उनी भन्छन्,‘१० वर्षका नवप्रतिभादेखि ७० वर्षका पाका कलाकारले गन्धर्व संस्कृति देखाउनुहुनेछ ।’ गीतसँगै गन्धर्वहरुले प्रयोग गर्दै आएका बाजाहरू सारङ्गी, अर्बाजो, मादल र बाँसुरी बजाइने छन् ।

अचेल गैरगन्धर्वले पनि सारङ्गी सिक्न थालेका छन् । कालीखोला किनारको बाटुलेचौरसहित कास्कीमा अहिले २५ जनामात्रै परम्परागत गन्धर्व पेसा गर्ने छन् । सारङ्गी बजाउने प्रचलन र गन्धर्वहरूको परम्परागत पेशा सङ्कट परेका बेला आयोजित कार्यक्रमले विशेष अर्थ राख्ने नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव तीर्थ श्रेष्ठको भनाइ छ ।

उनी समाज र राज्यले उचित ध्यान पु¥याउन नसक्दा एउटा जातिको संस्कृति र सभ्यता नै संकटमा पर्दै गएको बताउनुहुन्छ । ‘गीत सुनाएरै जीवन चलाउने गन्धर्वलाई सम्मानित जीवनयापनको वातावरण बनाउनेतिर हाम्रो ध्यान गएन,’श्रेष्ठले भने ।

यो पोखरा प्रज्ञा प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि पदाधिकारी नियुक्त भएपछिको पहिलो कार्यक्रम हो । पोखरा महानगरका मेयर धनराज आचार्य गन्धर्व गुञ्जन झलकमानदेखि अहिलेका युवा पुस्तासम्मका गन्धर्व जातिको सम्मानका लागि आयोजना गरिएको बताए । ‘दुःख होस् कि सुखका बेलाका पनि गन्धर्वहरुले समुदायलाई सचेत बनाउने मौलिक परम्परा छ,’ मेयर आचार्य भन्छन्, ‘गन्धर्व जातिको मौलिकता के हो, परम्परा के हो ? उनीहरुले दिने खोजेको सन्देश के थियो ? भन्ने बुझ्न कार्यक्रममा यहाँहरुलाई निम्तो छ ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुशुमाकर न्यौपाने गन्धर्वले बजाउने बाजाको सम्बन्ध उनीहरुकोसंस्कृति र जीवन पद्धतिसँग जोडिएको बताउँछन् । अहिलेगन्धर्वसँग खासगरी २ बाजा छन् । सारंगी पोथी बाजा हो । यसको धुन मीठो आउने भएकाले यो बढी लोकप्रिय छ । गन्धर्वको अर्को बाजा अर्बाजो हो ।

कार्यक्रम पोखराभएपनि यसले देशकै सांगीतिक संसारको चिनारी गराउने कुलपति न्यौपानेको भनाइ छ ।गण्डकी प्रज्ञा प्रतिष्ठानले पनि गण्डकी प्रदेशभित्रका गन्धर्वको संगीत र संस्कृतिबारे अध्ययन गर्ने योजना बनाएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->