सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पुरानै स्वरुपमा तालवाराही

पुरानै स्वरुपमा तालवाराही


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८३, सोमबार

पोखरा/महाभूकम्पका बेला ३ इन्च दक्षिणतर्फ ढल्किएको तालवाराही मन्दिर भूकम्प आएको ११ वर्षपछि पुनर्निर्माण भएको छ । फेवातालको बीच भागमा रहेको यो मन्दिरको पुनःनिर्माण सकिएपछि आइतबार बिहान क्षमापूजा गरियो ।

क्षमापूजा सकिएपछि दिउँसोबाटै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला भएको हो । २०७९ को कात्तिक महिनामा भत्काइएको मन्दिर पुरानै शैलीमा चार वर्ष लगाएर निर्माण भएको हो । पर्यटन राजधानी पोखरा आउने अधिकांश पर्यटक तालबाराही देवी अवलोकन एवं दर्शनका लागि पुग्ने गर्छन् ।

माछापुच्छ«े लगायतका हिमालको प्रतिबिम्ब देखिने फेवातालको बिच भागमा तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ ।ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले १ करोड ६५ लाख लागतमा मन्दिर पुनःनिर्माण भएको बताए ।

वि. सं. १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले खरको झुप्रो हालेर यो मन्दिर स्थापना गरेको बताइन्छ । २०१७ सालमा राजा महेन्द्र वीरविक्रम शाहले पोखरा भम्रणका बेला झुप्रोदेखेपछि यसको पुनर्निर्माण गर्न लगाएका थिए ।

तालवाराही दर्शन गर्न तालवाराही चोकबाट डुंगा चढेर जानुपर्छ । फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले मन्दिर पुनर्निर्माण भएपछि यहाँ आउने पर्यटक थपिने अपेक्षा गर्छन् ।‘डुङ्गा सयर गर्ने र यहाँ घुम्न आउने पर्यटकको मन्दिर नभएको गुनासो हुन्थ्यो,’ अध्यक्ष गिरीले भन्नुभयो, “मन्दिर बनेपछि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->