सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

खुल्यो मिरक्याट पार्क

खुल्यो मिरक्याट पार्क


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८३, सोमबार

पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइड खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलोको बन्दै गएको छ । लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ ।

सञ्चालक सागर भट्टराईले पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध रहेको बताए । यहाँ करिब ४ करोडलगानीमा विभिन्न संरचना बनाइएका छन् ।

मिरक्याट पार्क विभिन्न व्यवसाय तथा उद्यमीले व्यवसाय, आफ्ना उत्पादन र अनुभव प्रस्तुत गर्ने ठाउँको रुपमा विकास भएको छ । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिको अनुभवसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ । लावण्य वेलनेसले वेलनेसम्बन्धी सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरको स्वाद दिनेछ ।

उमामी मार्ट मार्फत कोरियन स्न्याक्स तथा उत्पादन उपलब्ध हुनेछन् । नेसनल ज्योग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति, वन्यजन्तु तथा अनुसन्धानमा रुचि राख्नेहरूका लागि भेटघाट र छलफलको वातावरण बनाउने उनले बताए ।

पार्कमा योग, वर्कसप, पोड्कास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हलसमेत छ ।पार्कसँगै सञ्चालन भइरहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी यात्रु, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय, गाइड, होस्ट, उद्यमी, क्रियटर तथा पर्यटन व्यवसायलाई जोड्ने लक्ष्य राखेको छ ।

डिजिटल प्लेटफर्ममा ट्रेक तथा एडभेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्ट कनेक्सन, कम्युनिटी बुलेटिन तथा स्थानीय सूचना र सिफारिस लगायतका सुविधा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->