सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

भेट्रान्स फुटसलको सेमीफाइनल र फाइनल आज

भेट्रान्स फुटसलको सेमीफाइनल र फाइनल आज


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८३, सोमबार

पोखरा ÷ पोखरामा जारी ३५ वर्षमाथिको भेट्रान्स फुटसल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । अरुण, मेजमान र बिनय (डिजे) को आयोजनामा आइतबारदेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिक्वाटरफाइनलसंगै क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका हुन् ।
पोखरा–४, गणेशटोलस्थित स्पोट्र्स क्यासलमा सुरु भएको प्रतियोगिताको आज सेमीफाइनल तथा फाइनलका खेलहरु हुनेछन् । आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक मालेपाटन युनाइटेडले अर्चलबोट युनाइटेडलाई ५–३ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वाटरफाइनल खेलमा कसेरी भेट्रान्सले तालपारी भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउन सफल भएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा धकेलिएको थियो ।
तेस्रो क्वाटरफाइनलमा सविन मेमोरियलले लेकसाइड मेट्रान्सलाई २–१ गोलले हरायो भने अन्तिम खेलमा गार्डेन फुटबल क्लब ‘बी’ ले एक्टिभ स्क्वाडलाई १–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब सेमीफाइनलमा मालेपाटन र सविन मेमोरियल तथा कसेरी र गार्डेन ‘बी’ भिड्ने छन् । उक्त खेलको विजेताले फाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले ८१ हजार १११ रुपैयाँ र उपविजेता टोलीले ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले चार हजार रुपैयाँ तथा उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधाका विजेतालाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
१६ टिमको सहभागिता रहेको प्रतियोगितामा ३५ वर्ष उमेरसमुहका खेलाडी संगै हरेक टिममा ४० वर्षमाथिका दुई खेलाडी अनिवार्य मैदानमा हुनुपर्ने व्यवस्था रहेको छ ।
प्रतियोगिता मालेपाटन युनाइटेड क्लब र बक्स पोखराको सहयोगमा भएको हो । प्रतियोगितामार्फत भेट्रान्स खेलाडीलाई खेलकुदमा सक्रिय बनाउने तथा आपसी भाइचारा र खेल भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->