पोखरा/चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कार तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कार लक्ष्मी आदर्श माविका पूर्वविद्यार्थी पद्मराज ढकालले आफ्ना बुवाको नाममा स्थापना गरेका हुन् ।
चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार विगत पाँच दशक अघिदेखि शैक्षिक सेवा गरेका पोखरा–२६ का वेदनाथ ढुंगानालाई प्रदान गरियो । ढुंगाना लक्ष्मी आदर्श माविका पूर्वप्रधानाध्यापक हुन् । उक्त दुवै पुरस्कारको राशि समान२५ हजार छ ।
यसअघि समाजसेवा पुरस्कारबाट भोजराज भण्डारी र शिक्षा पुरस्कारबाट प्राडाईन्द्रप्रसाद तिवारीसम्मानित भएका थिए । सोही समारोहमा लक्ष्मी आदर्श माविबाट २०८१ मा माध्यमिक शिक्षा परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट भएका विवेक अधिकारी, विजय भुजेललाई र २०८२ मा सर्वोत्कृष्ट भएका अनुज भट्टराईलाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरियो ।
ढकालकी बहिनी अम्बिका ढकालले आमाको नाममा स्थापना गरेको फणीन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार छात्रातर्फ माध्यमिक शिक्षा परीक्षामा सहभागी भई २०८१ मा सर्वोत्कृष्टसोना ढकाल र २०८२ मा सर्वोत्कृष्टसन्ध्या घर्ती मगरलाई प्रदान गरियो । पद्मराज ढकालको एकल सांगीतिक कार्यव्रmम–२०६९ मा बचत भएको रकमबाट अक्षयकोष स्थापना गरी २०७० देखि प्रदान गर्ने गरिएकायी दुवै शिक्षा पुरस्कारको राशि १०–१० हजार छ ।
लक्ष्मी आदर्श माविको ५८औं वार्षिकोत्सवको अवसरमा पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, विद्यालय व्यवस्थापन समिती अध्यक्ष ईश्वरी लामिछाने र पुरस्कार संस्थापक पद्मराज ढकालले ती पुरस्कारहरू प्रदान गरेका हुन् ।





