पोखरा / पोखरामा सम्पन्न ३५ वर्षमाथिको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मालेपाटन युनाइटेडले जितेको छ । पोखरा ४ स्थित स्पोट्र्स क्यासलमा आयोजना भएको प्रतियोगिताको फाइनलमा मालेपाटन युनाइटेडले गार्डेन एफसी ‘बी’ लाई ३–१ ले हराउँदै उपाधि जितेको हो ।
मालेपाटनले उपाधिसंगै ८१ हजार १११ रुपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टोलीले ५१ हजार १११ रुपैयाँ संग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
१६ टिमको सहभागिता रहेको प्रतियोगितामा ३५ वर्ष उमेरसमुहका खेलाडी संगै हरेक टिममा ४० वर्षमाथिका दुई खेलाडी अनिवार्य मैदानमा हुनुपर्ने व्यवस्था गरिएको थियो ।
प्रतियोगिता मालेपाटन युनाइटेड क्लब र बक्स पोखराको सहयोगमा भएको हो । प्रतियोगितामार्फत भेट्रान्स खेलाडीलाई खेलकुदमा सक्रिय बनाउने तथा आपसी भाइचारा र खेल भावना अभिवृद्धि गरिएको हो ।





