बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढीपीडित विद्यार्थीलाई राहत वितरण

बाढीपीडित विद्यार्थीलाई राहत वितरण


  • ढाेरपाटन संवाददाता
  • असोज २८ २०८३, बुधबार

बागलुङ/गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाको जलजला गाउँपालिका वडा नं. ८ फर्सेका विद्यार्थीलाई राहत वितरण गरिएको छ ।

बाढीले घर बगाएपछि पीडित बनेका आफ्ना पाँच जना विद्यार्थीको परिवारले विद्यामन्दिर माध्यमिक विद्यालयले राहत वितरण गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीसँग सङ्कलित राहत रकम बाढीपीडित विद्यार्थीका परिवारलाई वितरण गरिएको हो ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, सदस्य अनुज श्रेष्ठ र निमित्त प्रधानाध्यापक मुकुन्द प्रसाद शर्मा, सहायक प्रधानाध्यापक (प्रशासनिक) थानेन्द्र गौतम, बिहानी इन्चार्ज शंखर थापा र विज्ञान इन्चार्ज कृष्ण गौतमले विद्यालयको तर्फबाट प्रतिपरिवार १२ हजार ७ सय ४० रुपियाँका दरले राहत रकम वितरण गरेका थिए ।

कक्षा १२ व्यवस्थापन समुहमा अध्ययनरत आयुषा सुवेदी, रेजिना नेपाली, कक्षा १२ शिक्षा समुहमा अध्ययनरत प्रकृति घर्ति, सोनिया विक, कक्षा ११ विज्ञान समुहमा अध्ययनरत लविसा मगरको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा बोल्दै श्रेष्ठले राहत रकमले चाडपर्वको समयमा बाढीपिडित परिवारलाई थोरै भएपनि सहयोग पुग्ने र विद्यार्थीहरुको शिक्षामा निरन्तरता दिन बाढीपीडित विद्यार्थीलाई कक्षा ११÷१२ मा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने प्रतिवद्वता जनाएका छन् ।

बाढीपीडित अभिभावकहरुले सहयोग ग्रहण गर्दै विद्यालय परिवारले पु¥याएको सहयोग र आफ्ना छोराछोरीहरुको शैक्षिक भविष्यको लागि निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->