मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८३, मंगलबार

पोखरा / पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूलयाम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।

मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार, अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् ।

मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा-जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार, तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।

जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेसन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरूले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नुपरेको बताए । यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ ।

यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->