मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

आरुघाटमा बेलीब्रिज निर्माणः सवारी आवतजावत सुरु, सेनाले गर्‍यो हस्तान्तरण

आरुघाटमा बेलीब्रिज निर्माणः सवारी आवतजावत सुरु, सेनाले गर्‍यो हस्तान्तरण

९० फिटको बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८३, मंगलबार
नेपाली सेनाले निर्माण गरी हस्तान्तरण गरेको आरुघाटको बेलीब्रिज । तस्बीरः नेपाली सेना

पोखरा / नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। हस्तान्तरसंगै सो पुलबाट सवारी साधन आवतजावत गर्न थालेका छन् ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडान सुरु गरेको थियो । सेनाले कात्तिक १ गते जडान कार्य सम्पन्न गरी सोमवार सडक आयोजनालाई हस्तान्तरण गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त ९० फिट (२७.४३ मिटर लम्बाइ र १३.७८ फिट ९४.२ मिटर चौडाइ) को बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ। पु

ल पुनःस्थापनाले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता आउने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->