बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३३ बर्षदेखि च्याङग्रा ल्याएर बेच्दै हरि शर्मा

३३ बर्षदेखि च्याङग्रा ल्याएर बेच्दै हरि शर्मा

२०५१ सालको दशैको सम्झना गर्दै ५८ बर्षिय हरि शर्मा पहिलो पटक १ हजार ३ सयको दरले ५० वटा च्याङग्रा ल्याएर बागलुङ बजारमा बेचेको सम्झन्छन् ।


  • प्रकाश बराल
  • कार्तिक ५ २०८३, बिहिबार
बागलुङ बजारमा च्याङग्रा ल्याएर बेच्दै गरेका व्यवसायी हरि शर्मा । उनले ३३ बर्षदेखि यो पेशा गर्दै आएका छन् । तस्बिर: प्रकाश बराल/ढोरपाटन

बागलुङ बजारमा उनले झण्डै पाँच बर्ष तरकारी पसल गरे । स्थानीय उत्पादन अत्यन्तै कम थियो सबै तरकारी भारतबाट आउने गथ्र्यो । तरकारी बिक्री गर्दा उनलाई केही फाइदा त भयो, तर भारतीय तरकारी बेच्दा बेच्दा उनलाई आफ्नै देशको उत्पादनमा काम गर्ने सोच आयो ।

एकबर्ष उनले ग्रामीण क्षेत्रका खसीबोका ल्याएर मासु पसल चलाए । तर बजारको माग पुरा भएन । दशैं नजिक आइरहेको थियो, बजारमा खसीबोकाको अभाव देखियो । मुस्ताङ गएर च्याङग्रा ल्याएमा नाफा कमाउन सकिने भन्दै स्थानीय अगुवा शैलेन्द्रकुमार श्रेष्ठले उनलाइ सल्लाह दिए । उनीस“ग च्याङग्रा खरिद गर्ने पैसा थिएन । श्रेष्ठले नै केही सापटीदिएपछि उनी मुस्ताङ हानिए ।

२०५१ सालको दशैको सम्झना गर्दै बागलुङ नगरपालिका ३ का ५८ बर्षिय हरि शर्मा आफ्नो व्यवसायको सम्झना गर्छन् । पहिलो पटक उनले १ हजार ३ सय गोटाको दरले ५० वटा च्याङग्रा ल्याएर बागलुङ बजारमा बेचेको सम्झन्छन् । श्रेष्ठले दिएको सापटीमा आफ्नो थपेर ६५ हजारको च्याङग्रा ल्याउ“दा उनले १ लाख कमाएका थिए । एक महिना सम्म खटिनुपर्ने भएपनि लागत उठाएर फाइदा समेत कमाएपछि उनी यो पेशामा हौसिए ।

२०५२ सालमा च्याङग्राको मुल्य बढेर १ हजार ७ सय २५ पुगेछ । तर पनि फाइदा पाउने आसले उनले २ सय २० वटा खरिद गरेर ल्याए । बागलुङ र पर्वतका गाउ“सम्म उनले ल्याएका च्याङग्रा बिक्री भए । त्यसबाट मनग्ये कमाएका शर्माले बिस्तारै पेशा नै यस्तै बनाउन थाले । २०५३ सालमा मूल्य बढेर १ हजार ९ सय ७५ पुग्यो । तर उनले २ सय देखि २ सय ५० वटा सम्म हरेक बर्ष च्याङग्रा ल्याएर बेच्न थाले ।

यसरी बेच्दा उनले राम्रो नाफा कमाए । बजारमा माग अत्याधिक भएकोले जति ल्याएपनि दशैं देखि तिहार सम्म निकै व्यपार हुने गथ्र्यो । मंसिर सम्म पनि राखेर उनले बेचेको सम्झन्छन् । २०५४ सालमा उनले बढाएर ३ सय २५ वटा ल्याए । लाखौं कमाइ पनि गरे । सशष्त्र द्वन्द्वको समयपछि बिस्तारै मूल्य बढ्न थाल्यो ।

चिनबाट आयात कम भएपछि मुस्ताङको उत्पादनले मात्र नपुगेकोले मुल्य बढेको थियो । पछि चीनको पैसा नेपालीको तुलनामा महंगो भएपछि लागत नै बढ्न थाल्यो । त्यसपछि भने बजारमा च्याङग्रा महंगिएको उनले बताए । ‘अहिले त छोइसक्नु छैन, तरपनि गरिआएको पेशा भएर ल्याइरहेको छु’ उनले भने, ‘अघिल्लो बर्ष सम्म २५ हजार देखि ३० हजारका च्याङग््रा पाइएकोमा अहिले भने ३६ हजार देखि ५० हजार सम्म परेको उनले बताए ।

मुस्ताङमा बिक्री गर्नेहरुले नगदमा कारोवार खोज्छन् । नगदै बोकेर लैजान धेरै जोखिम हुन्छ । यो पटक त बाढी पहिरोले सडक अबरुद्द थियो । टेलिफोन थिएन । नगद बोकेर लैजा“दा जे पनि हुन सक्ने खतरा मोलेर उनी गएको सम्झन्छन् ।

उनले ३० लाख बढी रकम तिरेर च्याङग्रा ल्याएका थिए । उनीजस्तै दर्जनौं समूह च्याङग्रा खोज्दै मुस्ताङ पुग्छन् । च्याङग्रा जोगाएर ल्याउन धेरै समस्या छ । भीरको बाटो हिड्दा हिड्दै खस्ने जोखिम छ । सवारी चल्न थालेपछि साइट दिन नजानेर पनि खसेर मर्ने, छलिने जोखिम उनले सुनाए ।

हरेक बर्ष ल्याएर बेच्ने भएकोले उनले घरमा पनि थुनेर राख्ने स्थान बनाएको स्थानीय दुर्गाप्रसाद शर्माले बताए । उनको बगालबाटै किनेर खाने गरेको उनले बताए । कृषि तथा पशु बिकास कार्यालय मुस्ताङको तथ्यांक अनुसार यो बर्ष १३ हजार ८ सय च्याङग्रा निकास भएको छ । ती मध्ये ७ हजार काठमाण्डौ, ४ हजार पोखरामा र बा“की डेढ हजार जती मात्र बागलुङ, पर्वत र म्याग्दीमा बिक्री गर्ने अबस्था रहेको व्यवसायीले बताए । ती मध्ये च्याङग्रा त ११ हजार मात्रै छन् भने २ हजार बढी भेडा पनि बिक्रीकालागि ल्याइएको हो ।

तिब्बतबाट पाठापाठी ल्याएर उपल्लो मुस्ताङको छोसेरमा पालिएका च्याङग्रा (भाले) र रमा च्याङली (पोथी) व्यवसायीले बेच्ने गरेका हुन् । मूल्य अत्याधिक बढेको र यो बर्ष उत्पादन समेत कम भएकोले व्यवसायीले खोजे अनुसार नपाएको बताए । शर्माले १ सय वटा मात्रै ल्याउन खोजेर पनि व्यवसायीले भाग लगाउ“दा ९३ वटा मात्रै पाएको बताए । उपल्लो मुस्ताङबाट मार्फाका दोर्चे लामाले ल्याएका ५ सय च्याङग्राबाट उनले ९३ वटा बिक्रीकालागि ल्याएका हुन् ।

च्याङग्रा लिन गएर आउ“दा उनलाई १० दिन लाग्यो । भदौको १७ गते गएका शर्मा २७ गते बागलुङ आइपुगे । उनले सबै भेडा हिडाएर ल्याएका हुन् । बाटोमा एउटा हरायो । उनलाई बाटैमा ३६ हजार नोक्सानी भयो । ‘बाटो अप्ठ्यारो छ, हिड्दा हिड्दा थाकेर कुनै जंगलमा छिर्छन्, कुनै भीरबाट खस्छन्’ उनले भने, ‘नोक्सानी पनि व्यहोर्ने गरी जोखिम उठाएर जानुपर्छ ।’

गाडिमा राखेर ल्याउ“दा निसासिएर मर्ने खतरा भएकोले हिडाएर ल्याउने गरेको उनले बताए । च्याङग्रा सेतो रंग र कालो रंगका दुइ थरी छन् । सेतो च्याङग्रा डोल्पा, हुम्ला र जुम्लामा हुर्केका हुन् भने कालो मुस्ताङका उत्पादन हुन् । सेतो अझै धेरै ठूला हुन्छन् । सामान बोकाइने भएकोले सेतो भन्दा कालो स्वादिलो हुने स्थानीय मासु व्यवसायी केवी क्षेत्रीले बताए । कालोले जडिवुटी खाएको र खुला रुपमा चरेको हुने भएकोले रोजाइमा पनि कालै पर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->