बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भिकारीको ‘पञ्चामृत’

भिकारीको ‘पञ्चामृत’


  • Dhorpatan News
  • फाल्गुन २८ २०७५, मंगलबार

बागलुङ, २८ फागुन – विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा आफूलाई निरन्तरता दिइरहेका गीतकार अर्जुनरत्न भिकारीको एकल शब्दमा एल्बम तयार भएको छ । सुनिल मास्केको एकल संगीत रहेको एल्बम राजधानीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एल्वम संयुक्त रुपमा विमोचन गरेका थिए । समय सुहाउँदो शब्द र संगीत रहेको कारण एल्बम सबैको रोजाइमा पर्ने संगीतकार बास्कोटाले बताए । एल्बममा धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा ति झुटा बोलका पाँच गीत रहेका छन् । जसलाई क्रमश सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->