पोखरा, ९ बैशाख – अनेरास्ववियु अखिल फोर्स पृथ्बी नारायण क्याम्पस कमिटीले नयाँबर्ष २०७६ को अवसरमा एकल नृत्य प्रतियोगितासहित शुभकामना आदनप्रदान कार्यक्रम हालै समपन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले विद्यार्थीलाई सिर्जनात्मक बनाउन रचनात्मक कार्यक्रमको महत्वपूर्ण भूमिका हुने वताए । उनले विद्यार्थीले शैक्षिक गुणस्तरका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै समृद्ध नेपाल निर्माणका लागि सवै लाग्नुपर्नेमा बताए ।
सो कार्यक्रममा पृथ्बी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति शोभियत ढकाल, युवा संघ नेपालका केन्द्रिय उपाध्क्ष्य माधब बाँस्तोला, सचिब पूर्ण लामा, अनेरास्ववियु केन्द्रिय सचिब सुदेश पराजुली, युवा संघ नेपालका केन्द्रिय सदस्य ठाकुर शर्मा पौडेल, पूर्व उपसभापति शुशिल बस्नेत,अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि कास्कीका अध्यक्ष्य बिबेक देवकोटा, क्याम्पस जिल्ला कमिटिका उपाध्यक्ष्य शंकर सैंजु, पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य राजन शर्मा पराजुली, अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी अखिल फोर्सका अध्यक्ष्य आदिम धोज श्रेष्ठ ,अनेरास्ववियु क्रान्तिकारी पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य बसन्त भट्टचन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अखिल फोर्स पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य दिनेश ढुंगानाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब बज्रराज अधिकारीले गरेका थिए ।
अखिल फोर्सले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा कन्या क्याम्पसकी अन्जु मगर प्रथम भई उपाधि जित्न सफल भएकी छिन । प्रतियोगितामा करुणानिधि एडुकेशन फाउन्डेशनकी सुहाना खत्री द्धितिय, सिर्जना बोर्डीङ्ग स्कुलकी सुस्मिता पौडेल तृतीय र पृथ्बी नारायण क्याम्पसकी अस्मिता पुर्जाले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेलाई रु. ८ हजार र प्रमाण पत्र द्धितिय हुनेलाई रु. ५ हजार र प्रमाण पत्र, तृतिय हुनेलाई रु. ३ हजार र प्रमाण पत्र तथा सान्त्वना हुनेलाई रु. १ हजार र प्रमाण पत्र प्रदान गरियो ।





