शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै


  • Dhorpatan News
  • बैशाख १२ २०७६, बिहिबार

पोखरा,१२ बैशाख – पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको संख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटक भन्दा फरकपना यस नाटकमा रहेको छ ।
यहि नाटकबाट २५ वर्ष पछि नाटक निर्देशनमा सरुभत्त श्रेष्ठले कमब्याक गरेका छन् । उनको २५ वर्षको कमब्याकलाई ओझिलो बनाउन कलाकारले मेहनत गरेका छन् । नाटकलाई सरुभत्त श्रेष्ठलेनै लेखेका हुन् । निर्देशनमा उनलाई परिवर्तनले समेत सघाएका छन् ।
नाटक बाकसमा परिवर्तन, प्रमिला तुलाचन, दिल प्रसाद गुरुङ, नवराज गिरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, इश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दिक्षा कार्कीको अभिनय रहेको छ ।
यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदीको अभिनय हेर्न पाइनेछ । पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हो । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो एक बजे समेत मञ्चन हुनेछ । नाटक हेर्न तीन सय र पाँच सयको टिकट लाग्नेछ । बुकिङ सो मार्फत समेत नाटकलाई मञ्चन गर्ने तयारी थिएटरले गरेको थिएटर सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->