शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘पासवर्ड’ भदौ २७ मा रिलिज हुने

‘पासवर्ड’ भदौ २७ मा रिलिज हुने


  • Dhorpatan News
  • जेष्ठ १९ २०७६, आइतबार

पोखरा, १९ जेठ – सन्नी लियोनीले अभिनय गरेको भनेर प्रचारित ‘पासवर्ड’को भाद्र २७ मा रिलिज हुने भएको छ। सिनेमाको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर सिनेमाको प्रदर्शन मिति पक्का गरेको निर्माण पक्षले जनाएको छ । सोही मितिमा पल शाहको ‘हृदय भरी’ र दयाहाङ राई र रेखा थापा अभिनित ‘निरफुल’ रिलिज हुँदैछ। सिनेमाका निर्देशक द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेत हुन्।यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको कथा, पटकथा तथा संवाद पनि उनकै हो।
सिनेमामा विक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यस सिनेमामा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जु जिसीले सम्पादन गरेको सिनेमाको पहिलो गीत आगामी सोमबार रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->