शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रदीपलाई ह्याट्रिक, लगातार तीनवटा चलचित्रले मनाए ५१ दिन

प्रदीपलाई ह्याट्रिक, लगातार तीनवटा चलचित्रले मनाए ५१ दिन

चलचित्र ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ले ५१ दिन मनाए


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७६, शनिबार

काठमाडौं, २१ असार – चलचित्र निर्देशक प्रदीप भट्टराईले ५१ दिन मनाउने चलचित्र निर्देशकमा ह्याट्रिक गरेका छन् । उनले निर्देशन गरेका तीनवटा चलचित्रले लगातार ५१ दिन मनाएका हुन् । चलचित्र ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ले ५१ दिन मनाए पछि उनी लगातार ५१ दिन मनाउने तीनवटा चलचित्र निर्देशन गर्ने निर्देशक बन्न सफल भएका हुन् । पछिल्लो पटक उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जात्रै जात्रा’ आज ५१ औं दिनमा प्रवेश गरेका हो । निर्देशक भट्टराईका अनुसार ‘जात्रै जात्रा’ले क्यूएफएक्स लगायत सातवटा हलमा ५१ दिन मनाएको छ । “जात्रा, शत्रुगते, जात्रै जात्रा लगातार तीन फिल्मले ५१ दिन मनाएको पहिलो निर्देशक बन्न पाउँदा एकदमै खुसी लागेको छ,” उनले भने, “चलचित्रले अनि हाम्रो टीमको कामले स्वदेश, विदेशका हलहरुमा के–के रेकर्ड बनायो त्यो भन्दा ठूलो कुरा तपाईंहरुको मनमा बस्ने ठाउँ बनायो, त्यो नै मेरा लागि ठूलो कुरा हो ।” पछिल्लो दशक अधिकांश चलचित्र नचलेर लगानी डुबिरहेका समय उनले निर्देशन गरेका तीनवटै चलचित्रले ५१ दिन मनाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->