पोखरा, १५ पुस – युवा गायक तथा सङ्गीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । यो गीतमा भुषाललाई गायिका अन्जु पन्तले साथ दिएका छन् । गीतमा शब्द तथा सङ्गीत पनि गायक भुसालकै सुन्न सकिन्छ । हिमालपारीको जिल्ला मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन र प्रमोदकुमार भण्डारीले कोरियोग्राफी गरेका छन् । सृष्टी खड्का र महेश खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप, सुरेश काफ्लेको ड्रोन, बुद्ध थापाको छायाँकन रहेको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।





