शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७७, शनिबार

पोखरा, २० बैशाख – गायक सोभित बस्यालले कोरोना कहरकैबीच खुसी फर्काइदेऊ भन्ने गीत सार्वजनिक गरेका छन् । यो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतसँगै सोभितले नौ वर्षपछि पुनः सांगीतिक क्षेत्रमा कमब्याक भएका छन् । कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न उनले यो गीत गाएका हुन् । गीतको रचना संगीत समेत बस्यालेनै गरेका हुन् । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई उत्कृष्ट बनाउन सुरज श्रेष्ठले मेहनत गरेका छन् ।अब भने सांगीतिक क्षेत्रमा निरन्तरता दिने उनको तयारी छ । पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिने सोभितले जनाए । ‘अब म नौ वर्षपछि साँगीतिक क्षेत्रमा कमब्याक भएको छु, अब भने साँगीतिक क्षेत्रमा निरन्तरता दिनेछु’, उनले भने ।
चलचित्रमा अभिनयसमेत गर्न भ्याएका बस्यालले पोखराबाट निर्माण गरीएको डिजिटल चलचित्र ‘मार्केट’ र ‘पाप’ मा अभिनय सँगै कथा पनि लेखी पाप चलचित्रबाट राष्ट्रिय स्तरको डि–सिने अवार्डमा ‘सर्वोत्कृष्ट कथा अवार्ड’ जितेका थिए । बस्यालले २० वटा म्यूजिक भिडियो निर्देशन समेत गरीसकेका छन् ।उनले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडियो अवार्ड जितेका थिए । पछिल्लो समयमा परिचय नेटवर्क अनलाइनका सञ्चालक समेत रहेका उनी परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुन् । परिचय नेटवर्ककै प्रस्तुतीमा भिडियो निर्माण गरिएको हो ।
पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् ,सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरेका थिए भने २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । उनले आजभन्दा झण्डै ९ वर्ष अगाडि आएको पहिलो एल्बम न्युरोडले उनको साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरीएको यस एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आऊ छेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुट्टिने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->