बागलुङ, ३० वैशाख– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कोरोना भाइरसको महामारीले निम्त्याएको लकडाउनको मर्कामा परेका कलाकाहरुलाई साथ दिनको लागि आकस्मिक सहयोग समिती निर्माण गरेको छ ।
प्रतिष्ठानले रिता थापाको संयोजकत्वमा ८ सदस्यीय कोभिड–१९ सहयोग समिति गठन गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए । समितिको सदस्यहरुमा राधिका हमाल, हरि डाककंगी, पिएन सापकोटा, देवी घर्ती, प्रकाश भट्ट, सुवास रेग्मी, सम्झना लामिछाने रहेका छन् । समितिको सदस्य सचिवमा सुवास केसी, अनुगमन र सल्लाहकारमा दुर्गा रायमाझी, बद्री पंगेनी र पृथ्वी थकाली रहेका छन् ।
यसअघि पनि कलाकारहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्दै आइरहेको प्रतिस्ठानले नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको र लकडाउन लम्बिन सक्ने संभावनालाई मध्यनजर गर्दै राहत कोष अर्थात् सहयोग समिती निर्माण गरेको संस्थाका महासचिव तथा समितिका सदस्य सचिव सुबास केसीले बताए ।





