`

फिल्म ‘गाजा एडिक्ट’ युट्युवमा


  • ढोरपाटन संवाददाता
  • बिहिबार, जेष्ठ ८, २०७७

काठमाडौं, ८ जेठ – कोरोनाको कहरका कारण ठुलापर्दा फिल्म रिलिज, छायाँकन लगायत सबै काम रोकिएका छन् । धेरै पहिले निर्माण भएर सार्वजनिक प्रदर्शनमा समेत आइसकेका फिल्म युट्युवबाट सार्वजनिक हुनु बाहेक अहिले ठुला पर्दाका फिल्मको कुनै पनि गतिविधि भएको छैन ।
यस्तो समयमा युट्युव तथा महोत्सवका लागि लक्षित गरेर भने विभिन्न छोटा फिल्म बन्ने र सार्वजनिक हुने क्रम भने दिन प्रतिदिन बढ्दो छ । यस्तैमा रोशन दाशको निर्देशनमा दुई छोटो फिल्म बनेको छ । फिल्म हुन ‘ओयजा’ र ‘गाजा एडिक्ट’ । रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको छोटो हरर फिल्म ‘ओयजा’ को अहिले टिजर मात्र सार्वजनिक गरिएको छ । फिल्ममा रोशन, अनिश, सुनिल, विशाल केसी र कमला तामाङको अलवा बाल कलाकार गुनगुन दासको समेत अभिनय रहेको छ ।
फिल्म छिट्टै नै युट्युवमार्फत सार्वजनिक गर्ने निर्देशक दासले बताए ।
स्तै ‘गाजा एडिक्ट’ भने युट्युवमा सार्वजनिक भएको छ । लागूपदार्थ प्रयोगकर्ताको जीवनमा आउने उतार चढावको विषयमा निर्माण भएको यो फिल्ममा  कलाकार सुनिल गजमेर, अनिश पञ्च र सन्दिप कपालीको अभिनय देख्न सकिन्छ । लकडाउनको समय मानिसलाई घरमै टाइमपास गर्न सजिलो होस् भन्ने हेतुले छोटा फिल्महरु युट्युवमार्फत सार्वजनिक गरिरहेको निर्देशक दासले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology