बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समाजमा रहेका राम्रा मानिसहरुको कथा (भिडियो सहित)

समाजमा रहेका राम्रा मानिसहरुको कथा (भिडियो सहित)

छोटो फिल्म सत्कर्म आयो बजारमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

पोखरा, ३० जेठ– एकपछि अर्को छोटा फिल्म बनाउँदैआएको नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ ।
समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको छ । ‘लकडाउनको बेलामा समस्यामा परेका समूहलाई आफ्नै बलबुताले सहयोग गर्ने सहयोगी मनको कथा हो यो ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने,‘धेरै मानिसहरुका लागि उदाहरण बनोस् भन्ने हेतुले हामीले यो फिल्म बनाएका हौँ ।’
लकडाउनपछि निरन्तर छोटो फिल्महरुमार्फत समाजका विभिन्न पाटाहरु देखाउँदै आएको नेत्र इन्टरटेनमेन्टको यो छैठौँ फिल्म हो । ‘यसभन्दा अगाडि हामीले समाजमा पीडमा रहेका मानिसहरुको कथालाई पस्केका थियौँ ।’ निर्देशक गुरुङले भने,‘तर समाजमा पीडामा मल्हम लगाउने मानिसहरु पनि छन् भन्नका लागि यो फिल्म निर्माण गरेका हौँ ।’
‘सत्कर्म’को मूख्य भुमिकामा रेम बिक देखिएका छन् । फिल्ममा उनीसँगै विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपुर्ण’, साधना शर्मा, सबिता कर्माचार्य, भरत छन्त्याल,सबिन गायक लगायतले अभिनय गरेका छन् ।
‘यो भुमिकामा मैले वास्तविक केही त्यस्ता मनकारी र सहयोगी मनहरुलाई आफ्नो चरित्रमार्फत देखाउन खोजेको छु ।’ फिल्ममा मूख्य भुमिकामा देखिएका रेम बिकले भने,‘समाजमा यस्ता राम्रा मान्छेहरु अझै पनि छन् भन्ने सन्देश यो फिल्मले दिएको छ ।’ फिल्मको प्रतिक्रियालाई लिएर आफू उत्साही भएको बिकले बताए ।
फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । फिल्मको कथा भने निर्देशक गुरुङको आफ्नै हो । फिल्मको सम्पादन पनि उनी आफैले गरेका हुन् । फिल्मको निर्देशनमा भने रोहन नेपाली र भरत छन्त्यालले उनलाई ‘एसिस्ट’ गरेका छन् । फिल्ममा स्वर र संगीत जीवन सुनारको रहेको छ । त्यस्तै पब्लिसिटी डिजाइनमा सबिन गायक र ड्रोनमा विकास ताम्राकार रहेका छन् ।

हेर्नुस भिडियोमा…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->