पोखरा, १९ असार– निर्देशक मन्दिप रानाको तेस्रो फिल्म ‘क्या बात छ’ को नयाँ शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिजय कुमार र राजनी रिदम राईको स्वर, देशभक्त सिंह कुँवरको संगीत एवम् नबिन घतानेको शब्द रहेको छ । गीतमा चर्चित लोक गायिका तुलशा क्षेत्री र नबिन घतानेको अभिनय देख्न पाईन्छ ।
श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा कोरियोग्राफी र निर्देशन मन्दिप रानाको छ । फिल्ममा मेकअप मोहन लामा, छायांकन राहुल राइ र सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ । चलचित्रका अन्य कलाकारहरुमा देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियारलगायत रहेका छन् । भिडियो श्याम शुक्ला इन्टरटेन्मेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट भने तोकिएको छैन ।





