बागलुङ, २२ असार– बागलुङको जैमिनी नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिको दमदार नृत्य रहेको तीज गीत बजारमा आएको छ । कोरोनाका कारण तीजमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै शव्द/संगीतको संयोजन गरिएको गीत ‘दिदीभाई’ बजारमा आएको हो । राधिका हमाल र राजेन्द्र कँडेलको आवाज रहेको तीज गीतमा बागलुङको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, केही वडाका अध्यक्ष, कर्मचारी तथा स्थानीयले नृत्य गरेको भिडियो समाबेश गरीएको छ ।
निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत छ । जैमिनी नगरका जनप्रतिनिधि र कर्मचारीको समुह नृत्य समाबेश गीतको मुख्य भुमिकामा भने ओबी रायमाझी र शोभा त्रिपाठीले अभिनय गरेका छन् । गीतमा परदेशबाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी चेलिबेटी लिन जान नपाएको व्यथा सामाबेश छ । माइतीको बाटो हेरेर बसेकी चेलीको ब्यथासमेत गीतले बोलेको छ । गीतलाई बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादनले सुन्दर बनाएको छ । गीतमा समाबेश भिडियो गतबर्षनै तयार भएको निर्माण समुहले जनाएको छ । यो बर्ष लकडाउनका कारण भिडियो तयार गर्न कठिन भएकाले गत बर्षको भिडियो प्रयोगमा ल्याएको हो ।
भिडियो…..





