बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’

नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७७, बिहिबार

पोखरा, ८ साउन– निर्देशक तथा गायक नेत्र गुरुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘म तिम्रै हुँ माया’ बोलको गीत नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियो नेत्र आफैले निर्देशन गरेका हुन् । आफ्नै स्वर र संगीतमा तयार गरेको गीतको भिडियोमा गुरुङले निपुर्ण कुँवर र निमृता घिमिरेलाई अभिनय गराएका छन् । ‘गीतको भावअनुसार मैले यो भिडियोलाई निर्माण गरेको छु । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई आफ्नो प्रेम दर्शाएको कुरालाई देखाउन खोजिएको छ ।’ गायक तथा निर्देशक गुरुङले भने–‘भिडियो मेकिङको हिसाबले पनि यसलाई केही फरक शैली दिन खोजिएको छ ।
सार्वजनिक गीतको भिडियोको डिओपी पनि गुरुङ आफै हुन् । भिडियोको छायाँकनमा उनलाई प्रकाश गुरुङ ‘काश’ र निर्देशक गुरुङले सघाएका हुन् । गीतको शब्द समेत नेत्र गुरुङ आफैले गरेका हुन् भने गीतको संगीत संयोजन बिनोद रसाईलीले गरेका हुन् । गीतको मिक्सिङ सिजन बज्राचार्यले गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->